बत्तीसपुतलीमा छुरा प्रहारबाट युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार समसाँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ ।

शनिवार साँझ करिब ७ः५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो ।

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ः४० बजे अस्पतालमै निधन भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भने, ‘अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन । नाम खुलाउन मिल्दैन ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित