वैवाहिक बलात्कार प्रकरण : गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारी (कञ्चनपुर) को नियन्त्रणमा छन्।

ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

ओडविरुद्ध जिल्ला अदालतबाट ५ दिनको हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा जाहेरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गराएको थियो। उनी सांगीतिक कार्यक्रममा देश बाहिर थिए।

बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा ओड आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित