लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षविरुद्धको सुनुवाई स्थगित

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विरुद्धको सुनुवाई स्थगित भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा रहेको लागूऔषध (गाजा) सम्बन्धी मुद्दाकाे सुनुवाइ स्थगित भएको हो । इजलास नम्बर ३ को १६ औं नम्बरमा रहेको सोही मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

गत २०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा ८० केजी गाँजासहित आफ्नै घरबाट घर्ती पक्राउ परेका थिए । पक्राउपछि ३ पुस ०७९ मा जिल्ला अदालत बागलुङले साढे तीन वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो । त्यस लगत्तै उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए ।

२०८० असोज २१ गते न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले घर्तीलाई तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना गरेको थियो ।

Screenshot 2024 05 10 131155 https://newskhari.com/storage/2024/05/surya-gharti-nisikhola.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित