मधेश सरकार पनि ढाल्ने कसरत, एमाले र माओवादी सरकारबाट बाहिरिदै

काठमाडौं । नेकपा एमाले र माओवादीले मधेश सरकारबाट बाहिरिने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि उनीनिकट मुख्यमन्त्री सरोजकुमार यादवलाई अल्पमतमा पार्न एमाले र माओवादीले सरकार छाड्ने तयारी गरेका हुन् ।

यी दुई दल प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । एमाले र माओवादीबीच बिहीबार जनकपुरमा नयाँ सरकार गठनबारे वार्तासमेत भएको बताइएको छ ।

यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । मधेश प्रदेश सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित