यी ६ बैंकको फाइल पल्टाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसैवर्ष हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्थलगत सुपरीवेक्षण गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकको वार्षिक तालीकाअनुसार बाँकी रहेका यी ३ वाणिज्य बैंकमा चालू आर्थिक स्थलगत सुपरीवेक्षण हुन लागेको हो ।

हाल राष्ट्र बैंकको सुपरीवेक्षण टोली ग्लोबल आईएमई, प्रभु र नेपाल बैंकमा पुगेर उनीहरुको कामकारबाही नियामकीय व्यवस्थाअनुसार भएनभएको जाँच गर्दैछ । बैंकमै पुगेर फाइल पल्टाउने क्रममा केन्द्रीय बैंक १४ वाणिज्य र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पुगिसकेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग हरेक वर्ष बैंकमा कम्तिम एकपल्ट पुग्ने गर्छ । वैशाखदेखि तेस्रो चरणको सुपरीवेक्षण हुँदैछ । बाँकी रहेकामध्ये आधामा अहिले टोली खटिएको छ भने बाँकीमा पनि चाँडै जाने तयारी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सञ्चालनमा रहेका २० मध्ये १४ वाणिज्य बैंकको स्थलगत निरीक्षण प्रतिवेदन तयार भइसकेको छ ।

बैंक सुपरीवेक्षण विभागअन्तर्गत् स्थलगत निरीक्षण महाशाखासँग उपनिर्देशक नेतृत्वको ३ वटा ४ सदस्यीत स्थलगत निरीक्षण इकाइ छन् । ती इकाइमार्फत् राष्ट्र बैंक एकैपल्ट ३ बैंकमा पुग्ने गर्छ ।

गत आर्थिक वर्ष केन्द्रीय बैंकले १२ बैंकमा समष्टिगत स्थलगत निरीक्षण गरेको थियो भने ११ वटामा लक्षित निरीक्षण गरेको थियो । यस्तै १८ बैंकमा ३७ पल्ट विशेष निरीक्षण गरेको थियो । सबैभन्दा धेरै विशेष निरीक्षण प्रभु र लक्ष्मी सनराइज बैंकमा ४–४ पल्ट तथा सबैभन्दा कम सिद्धार्थ, सिटिजन्स, सानिमा, नेपाल एसबीआई र कृषि विकास बैंकमा १-१ पल्ट केन्द्रीय बैंक पुगेको थियो । केन्द्रीय बैंकले माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने विशेष निरीक्षण गर्नुपरेको थिएन ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित