मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । झापा र सुनसरी जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

गएराति साढे ११ बजे झापाको कमल गाउँपालिका–३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किर दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाइकलमा पछाडी सवार १५ वर्षीय बिपल नेपाल घाइते भएका थिए।

घाइते उनिहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ लिम्बुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र–७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भएका मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय विशाल कोइरालाको धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित