सभामुखले बोलाए चार दलका शीर्ष नेताको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाएका छन्।

आज बिहान साढे ११ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेको संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

कांग्रेसले सहकारी प्रकरणको छानविनको लागि संसदीय समिति गठन गर्न सरकार तयार नभए यही चैत २७ देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनीसमेत दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित