अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते

काठमाडौं । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।

मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ । घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

डोराल प्रहरी र सङ्घीय कानून प्रवर्तन विभागले सशस्त्र आक्रमणसम्बन्धमा अनुसन्धान भइरहेको सामाजिक सञ्जालमार्फत प्रहरीले जानकारी दिएको छ ।

अमेरिकी देशहरूमा बन्दुकबाट हुने मृत्युको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । बन्दुक हिंसा अभिलेखअनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा बन्दुक आक्रमणबाट चार हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सात हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित