सहकारीका अध्यक्षसहित थप तीन जना पक्राउ

पाेखरा । पूर्व नवलपरासीको कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको अभियोगमा संचालक समिति अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

सहकारीका वर्तमान अध्यक्ष गोपी शर्मा भुसाल, शिवलाल लामिछाने र नगेन्द्रबाबु रिमाल पक्राउ परेका हुन् । सहकारीका पूर्वअध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डे तीनदिन अघि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लामिछानेलाई शनिबार बाँकेबाट र रिमाललाई आइतबार बदिर्याबाट पक्राउ गरिएको हो । रिमाल चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । हाल यो सहकारी बन्द छ । रिमालले छिपछिपे सहकारीबाट रकम लिएको अनुसन्धानमा देखिएको छ । रिमाल त्यहाँ अध्यक्ष रहँदा पाण्डे सचिव थिए ।

छिपछिपे सहकारीका वर्तमान अध्यक्ष शर्मालाई प्रहरी हाजिरी जमानीमा छाडेको छ । उनी घरबाटै आउजाउ गरेको प्रहरीले जानकारी दिएको छ । अध्यक्ष शर्मा एमाले निकट युवा संघका पूर्व जिल्ला अध्यक्ष हुन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित