आज पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सयले वृद्धि भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार छ सय १५ मा कारोबार भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित