इलाम उपनिर्वाचनः २० जनाको उम्मेदवारी दर्ता

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुहाङ नेम्बाङ्ग, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जीतबहादुर राई छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणीकुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार छन् ।

स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग, राज बस्यालले मनोनयन दर्ता गराएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित