नेपाल बरोदासँग ३७ रनले पराजित

काठमाडौं । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल बरोदासँग ३७ रनले पराजित भएको छ।

गुजरातमा जारी टी-२० प्रतियोगितामा बरोदाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.५ ओभरमा ११९ रनमै समेटिएको हो। नेपालका लागि सन्दीप जोराले ५६ रन बनाए। उनले ४३ बलमा चार छक्का र तीन चौका प्रहार गरे।

त्यस्तै, विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। बरोदाका लागि ध्रुव पटेलले चार विकेट लिए। त्यस्तै, लक्षित टोक्सियाले तीन, जय आभालेले दुई र हेमन्त पुण्डेले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको बरोदाले आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बरोदाका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए।

नेपालका लागि करन केसी र गुलशन झाले दुई-दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए।

नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ। त्यस्तै, गुजरात पनि फाइनलमा पुगेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित