कानकाे रिङ, सिक्री र नगद लुटेपछि हँसिया प्रहार गरी दम्पतिकाे हत्या

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ ।

पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् ।

मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ । सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रनाउ भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए । “लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ”, उनले भने, “अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् ।” हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।

भुसालले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

हत्यामा संलग्नले मोबाइल नबोकी आएका कारण खोजी कार्यमा केही कठिनाइ भएको उनले बताए ।

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

मृतक दम्पतीको शव परीक्षणका लागि म्याग्दी अस्पतालमा राखिएको छ । कोरियामा रहेका दुई छोरा आज रातिसम्म आइपुग्ने भएकाले भोलिमात्र शव परीक्षण गरिने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित