नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचकाे खेल आज

काठमाडाैं ।  नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित