गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने

काठमाडौं । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधवार (आज) राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

राजीनामाबारे छलफल गर्न मुख्यमन्त्रीले मंगलवार कांग्रेस संसदीय दलको बैठक राखेका थिए । बैठकपछि मुख्यमन्त्रीले राजीनामा दिने विषय सार्वजनिक भएको हो ।

आफ्नो सरकार जोगाउन एक महिनाभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपथ्र्यो । तर, पाण्डेले आफ्नो सरकार जोगाउनलाई नयाँ नीति अपनाएको विश्लेषण गरिएको छ ।

किनकि, गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म नयाँ गठबन्धनलाई बहुमत पुग्ने अवस्था छैन । यस्तोमा प्रदेश प्रमुखले पुनः ठूलो दल कांग्रेसलाई नै सरकार बनाउन आह्वान गर्ने र फेरि आफ्नै सरकार बन्न सक्ने आकलन पाण्डेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित