बागमतीमा एमालेबाट चार मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेबाट नवनियुक्त चार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धार १६८ को उपधार ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रकाश श्रेष्ठले उद्योग वाणिज्य, भूमि तथ प्रशासन मन्त्री, केशव प्रसाद पोखरेल वन तथा वातारण मन्त्री, एकालाल श्रेष्ठ खानेपानी उर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रीको शपथ लिएका छन्।

शपथ लिएकामध्ये तीनजना दोस्रो पटक मन्त्री पदमा नियुक्त भएका हुन्। अघिल्लो पटक ४ मन्त्रालय पाउँदा ११ माघ २०७९ मा मन्त्री बनेका एकालाल, रामेश्वर र केशवप्रसाद दोस्रो पटक मन्त्री बनेका हुन्।

उद्योग मन्त्रालयमा नियुक्त भएका प्रकाश श्रेष्ठ नयाँ हुन्। यससँगै १२ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय पाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित