रञ्जिता श्रेष्ठले गरिन् दुई प्रदेशका अध्यक्षलाई नाउपाबाट निष्कासन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छन् । उनीहरू दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको छ ।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ ।

सुदूरपश्चिममा कुन समीकरणमा सामेल हुने भन्नेमा रेशम र रञ्जिताबीच फरक मत उत्पन्न भएपछि यतिबेला नागरिक उन्मुक्ति गम्भीर विवादमा फसेको छ । अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।

Screenshot 2024 04 02 083318 https://newskhari.com/wp-content/uploads/2023/03/ranjita-shrestha.webp

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित