नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बडोरासँग खेल्दै

काठमाडौं । फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले आज भारतको क्लब बडोरासँग खेल्दैछ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।

नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्नेछन्। त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित