नागरिक उन्मुक्ति पार्टीको बैठकमा रञ्जिता र रेशम पक्षबीच कुटाकुट

काठमाडौं । रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको दृश्य छिमेकी घरका मान्छेहरूले देखेका हुन् । विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ ।

त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित