कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
ग१ज ५५४७ नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माका अनुसार, जिपमा सवार १० जनाको जीवितै उद्धार गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।