‘ब्रेक फेलभई’ सडकमै ठाडो पर्‍याे बस

लेखनाथ । पोखरा–२७ लेखनाथस्थित अर्चलेमा आज बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । दुर्घटनामा परी चालक पोखरा–२७ निवासी ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ निवासी ४१ वर्षीय शालिकराम सुवेदी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अस्पताल प्रशासनले आजै साँझ डिस्चार्ज गरेको छ । उनीहरुको शरीरमा भित्री चोट नदेखिएको अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिए ।

पोखरा–२७ को आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको बेगनास ताल बस व्यवसायी समितिअन्तर्गत ग १ ख ८६८० नम्बरको बस पल्टिएको हो । बसमा चालक र सहचालक मात्र थिए । ब्रेक फेलभई बस सडकमै दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकमै ठाडो अवस्थामा छ । घटनाबारेमा सिसुवा प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित