काठमाडौं । काठमाडाैं उपत्यकामा शनिबार बेलुका मेघगर्जन र हावाहुरीसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको आकाशमा बिजुली चम्किरहेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको तथा दक्षिण आसाम आसपासमा रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समाचार तयार पर्दासम्म काठमाडौं उपत्यकामा हावाहुरीसहितको मेघगर्जनसहितको वर्षा भइरहेको छ ।