सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सूचनामा मार्फत जानकारी दिए ।

यो सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित