डा. हरि लम्साल सचिवमा बढुवा

काठमाडौं । सहसचिव डा. हरि लम्साल सचिव (विशिष्ठ श्रेणी) पदमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ३ जनामध्येबाट लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय लिएको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो।

पहिलो नम्बरका डा. लम्साल सचिव बनेका हुन्। उनी सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन्। उता शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिवका रुपमा थिए। पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशमा जानुपहिले नै राजीनामा दिएका थिए। त्यहीकारण उक्त पद रिक्त थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित