एमडीएमएस प्रकरणः प्राधिकरणका २ पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो दाबी गरेर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार २० जनालाई प्रतिवादी बनाएर झण्डै ९२ करोड बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिवादी बनाइएकामा झा र खनालका अलावा पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्र, आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतिराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कविन्द्रराज मल्ललगायत छन् ।

मोबाइलको अवैध आयात र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले एमडीएमएस प्रविधि खरिद गरिएको थियो । त्यसैक्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशकरउपनिर्देशक विनोदचन्द्र श्रेष्ठ तथा निर्देशक दीपेश आचार्यविरुद्ध मुद्दा दागर भएको छ ।

यस्तै उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक /उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशकरउपनिर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक / उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, सहायक निर्देशक नीराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो कायम गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित