गठबन्धन टुटेपछि पहिलो पटक प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो।

संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्लाएक्लै भएको यो पहिलो भेट हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित