काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।