इलाम-२, रास्वपाले गर्याे माओवादी त्यागेका मिलनसहित ६ जना उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमा भाग लिने उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्राइमरी इलेक्सनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।

यो सूचीमा नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका मिलन लिम्बू पनि अटाएका छन्। रास्वपाले मिलनलाई सूचीको पाँचौँ नम्बरमा राखेको छ। सूचीमा अटाएका ६ जनाबीच अब रास्वपाले आन्तरिक निर्वाचन गर्नेछ। जसलाई प्राइमरी इलेक्सन भनिएको छ।

उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने छ। रास्वपाले प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्ने समय बिहीबार १ बजेसम्मका लागि तोकेको छ।

नामवाली
१.श्री गोकुल बहादुर राई
२. श्री जमुना शर्मा
३. श्री महेन्द्र कुमार थापा
४. श्री मान बहादुर घिमिरे
५. श्री मिलन लिम्बु
६. डा. शेषरमण न्यौपाने श्रेष्ठ

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित