कांग्रेसले समिति बैठकमै माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । ​​​​​नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका हुन् ।

‘अहिलेको आवश्यकता भनेको छानबिन समिति गठन गर्न मार्ग प्रशस्त गर्नुपर्‍यो र राजीनामा दिनुपर्‍यो,’ उनले भने ।

उनले संसदीय छानबिन समिति निष्पक्ष हुने पनि बताए । ‘छानबिन निष्पक्ष हुन्छ, कानूनभन्दा माथि कोही हुन्नु, उनले भने, ‘अहिलेको आवश्यकता नै त्यत्ति हो । यो व्यक्ति वा त्यो व्यक्ति भन्ने होइन, जो सुकै होस्, उजुरी परेपछि छानबिन हुनुपर्छ ।’

गृहमन्त्री लामिछानेविरुद्ध कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी हालेका थिए । सोही उजुरी उपर छलफल गर्न आज समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको थियो ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित