नुहाउन पँधेरोमा गएकी १९ वर्षीया युवतीको घाँटी रेटिएको अवस्थामा शव भेटियो

तानसेन । पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। रिब्दीकोट गाउँपालिका १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्।

नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा मंगलवार साँझ शव फेला परेको आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालयको टोली भैरहवाबाट लगिएको तालिम प्राप्त कुकुरसहित अहिले घटनास्थलमा पुगेको छ। अहिले पाल्पाका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्द, डीएसपी श्रेष्ठसहितका प्रहरी अधिकारी घटनास्थलमै छन्।

‘घटनाको हामी सबै कोणबाट अनुसन्धान गर्ने छौँ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्यारा उम्किँदैन।’ एकान्त ठाउँमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन्। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित