बुटवल । युवाहरुबीच भएको विवादमा चक्कु प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्। मंगलबार राति ९ बजे बुटवल उपमहानगरपालिका–९ तीनकुनेमा आपसी विवाद हुँदा युवाहरुबीच झडप भएको थियो।
चक्कु प्रहार भएपछि बुटवल उपमहानगरपालिका–३ का २७ वर्षीय सागर थापा गम्भीर घाइते भएका छन्। उनको बाँया कोखमा गम्भीर चोट लागेको छ। थापाको भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
चक्कु प्रहार गर्ने बुटवल उपमहानगरपालिका–३ का २२ वर्षीय सुजन गलामी र सोही उमेरकै युवराज पुनलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। पण्डितका अनुसार झडप गर्ने ती युवाले लागुपदार्थ सेवन गरेका थिए।