दुर्गा प्रसाईंको बडिगार्डलाई थुनामुक्त गर्न सर्वोच्चको फैसला

काठमाडौं । बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन्। बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो।

दुईजना बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो।

अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन जिल्ला अदालत, काठमाडौंले अघिल्लो मंगलबार ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो।

तर ती बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट परेको थियो। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको इजलासले सरकारसँग कारण माग गरेकी थिइन्।

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

उता अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका थिए।

यी दुईजना प्रसाईसँगै अघिल्लो सोमबार जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित