आयरल्यान्ड ‘ए’विरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको दुई खेलको टी २० सिरिज जितेको छ।

मंगलबार भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै नेपालले सिरिज २-० ले जितेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८।३ ओभरमा १२७ रनमा अलआउट भयो।

आयरल्यान्डका ओपनरद्वय रोस एडियर र स्टेफिन डोहेनीले आक्रामक सुरुवात गरेका थिए। दुईबीच पाँच ओभरमा ४३ रनको साझेदारी भएको थियो।

रोस १७ रन र डोहेनी १३ बलमा २६ रन बनाएर आउट भए। डोहेनीलाई पाँचौं ओभरको अन्तिम बलमा सोमपाल कामीले कप्तान रोहित पौडेलबाट क्याच गराए। रोस भने कुशल मल्लको बलमा गुल्सन झाबाट छैटौं ‍ओभरको दोस्रो बलमा समातिए।

त्यसपछि कारमाइकल १८ रन र मोर्गन टपिङ २१ रनमा आउट भए। कप्तान निल रकले १७ रन मात्र बनाउन सके। गभिन होए १ रन र फिन ह्यान्ड ५ रनमै आउट भए।

नेपालले आयरल्यान्डको अन्तिम तीन विकेट तीन बलमा लिएको थियो। सोमपालले १९औं ओभरको पहिलो बलमा म्याकार्थीलाई १ रनमा बोल्ड गरे। दोस्रो बलमा बेन ह्वाइटलाई शून्यमा क्याच गरे। यस्तै तेस्रो बलमा गेरेथ डिनेलीलाई कप्तान रोहितले १५ रनमा रनआउट गरे।

बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए। कुशलले ३ ओभरमा १५ रन दिए भने सोमपालले २।३ ओभरमा १७ रन खर्चिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट हात पारे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन बनायो।

नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे। त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए।

अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए।

अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे। बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए। बेन ह्वाइटले २ विकेट हात पारे।
नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो।

आयरल्यान्डसँग दुई वटा टी-२० खेल खेलेसँगै नेपाली टिम यसैसाता भारत जानेछ। कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच बिहीबारदेखि तीन टी-२० र तीन एकदिवसीय खेलको सिरिज सुरु हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित