सरूवा भएकाे दुई महिनामै फेरिए राजश्व विभागका महानिर्देशक (सूचीसहित)

काठमाडौं । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागमा पठाएका थिए ।

अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मेवारी भने तोकिएको छैन । सामान्यमा पुगेका भट्टराईले अतिरिक्तमा हाजिर गरेका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित