काठमाडौं । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।