होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै

काठमाडौं । यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ । केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको छ ।

यो वर्षको होली आगामी चैत ११ गते रहेको छ । सहभागीले होली फेस्टिभलमा रंग खेल्न टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ बजेबाट सुरु हुनेछ ।

डिजे कलाकारहरूमा कुश, डिजे मार्टी, मनिष, डिजे फिन्जोक, डिजे नोर्छेन, डिजे अनिष, डिजे बिकी कुल, डिजे र्‍याबिट, डेभिड ल्हो, वोङ्फे र डिजे पाल्तेनको लगायत सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रम सञ्चालनका लागि सञ्जय सिलवाल गुप्ता, रविन श्रेष्ठ र रक्षा उप्रेतीको उपस्थिति रहनेछ ।

सहभागीले खल्ती एपबाट टिकट लिनुपर्ने बताइएको छ । प्रवेश शूल्क १ हजार ५ सय रहेको छ । सहभागीले १५ सयको टिकटमा कलर बम पाउने छन् ।

फेस्टिभलमा फुड र भेपको स्टल रहने पनि बताइएको छ । इभेन्टको मुख्य सहयोगी पार्टनर रुस्लान भोड्का, काला पत्थर, विनायक फेब्रिकेसन, मिउमिउ, खल्ती एप र आइएसएस रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित