कोदालो प्रहारबाट श्रीमतीको मृत्यु, घाइते दुई जना कर्मचारीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बैतडी । बैतडीमा कोदालो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलाशैनी गाउँपालिका– ७ धामीगाउँकी ५६ वर्षीया पार्वती धामीको हत्या गरिएको हो। हत्या संलग्नताको आरोपमा उनकै श्रीमान् ६२ वर्षीया किसन सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार धामीले श्रीमती पार्वतीमाथि कोदालोको बिँडले आक्रमण गरेका थिए। घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धामीले अन्य दुई जनामाथि पनि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन्।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

घाइते कलौनी डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख हुन्। भट्ट डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। उनीहरु धामीको घरमा डेरामा बस्दै आएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित