घाँटी रेटी हत्या गरिएकी किशोरीको सनाखद

काठमाडाैं ।  धरान उपमहानगरपालिका-१८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको सनाखत भएको छ।

प्रहरीका अनुसार मृतक धरान १६ कि २१ वर्षीया सुमना श्रेष्ठ रहेकी छिन्। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भीमराज राईका अनुसार हत्यामा संलग्नको पनि पहिचान भइसकेको छ भने प्रहरी परिचालन गरी खोजी कार्य पनि तीव्र पारिएको छ।

घटनामा एकभन्दा बढीको संलग्नता पाइएको राईले बताए। उनीहरूको खोजीका लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए।

बुधबार दिउँसो अढाई बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सीमा मृतकको शव भेटिएको थियो। घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो। शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको प्रहरीले जनाएको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित