आज पनि काठमाडौं उपत्यकामा पानी पर्ने

काठमाडौं । देशभरसँगै आज (बिहीबार) पनि काठमाडौं उपत्यकाको मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज पनि उपत्यकामा घाम देखिने सम्भावना ज्यादै कम छ।

‘आज पनि काठमाडौँ उपत्यकामा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘अघि बिहान ६ बजेसम्म पानी परेको थियो, तर अहिले रोकिएको छ। फेरि मध्याह्नपछि पानी पर्ने सम्भावना देखिएको छ।’

हिजो बुधबार पनि उपत्यकामा दिनभर घाम लाग्न पाएन भने हल्का पानी परिरह्यो। राति पनि वर्षा भएको थियो। जसका कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीका अनुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ। बुधबार यहाँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए। बुधबार यहाँको अधिकतम तापक्रम १५.४ डिग्री सेल्सियस थियो। यसअघि उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियसबाट पनि माथि चढिसकेको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित