सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।

सीआईबीले बुधबार सभामुखलाई अनुसन्धान भइरहेको विषयमा जानकारी गराएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए। “बाँसबारी छाला जुत्ताको जग्गाका विषयमा सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराएका हौं,” बोगटीले भने।

काठमाडौं महानगरपालिका ३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले सांसद चौधरीका भाइ व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको थियो।

उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनी रिहा भइसकेका छन्।

बाँसबारीको सरकारी जग्गा च्याम्पियन फूटवेयरको नाममा लगिएको थियो। त्यसका संस्थापक शेयरधनी तथा सञ्चालक समिति सदस्य रहेका सांसद चौधरीमाथि पनि सीआईबीले अनुसन्धान थालेको हो।

सांसद चौधरी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित