पत्नीको हत्या गरी आत्महत्या, छाेराले भागेर जाेगाए ज्यान

काठमाडौं । मोरङको बेलबारीमा एक व्यक्तिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।

डिएसपी रञ्जन दाहालका अनुसार बमबहादुरले बुधबार बिहानका पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए। टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ। घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो।

विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार दोस्रो बिहे गरेका बमबहादुर र गीताका ८ वर्षीय छोरा छन्। बमबहादुरले छोरामाथी पनि हतियार प्रहारको प्रयास गरेकोमा उनले भागेर ज्यान जोगाएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित