काठमाडौं । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बागलुङको दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज संसदमो शुन्य समयमा बोल्दै उनले दुर्घटना भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस हिजो साँझ दुर्घटना भयो,’ उनले भने, ‘नाइटभिजन हेलिकप्टर र अस्पतालको व्यवस्था नहुँदा धेरै मानवीय क्षति भयो ।’ उनले सेना र गृहमन्त्रालयसँग समन्वय गरेर नाइटभिजन हेलिकप्टर लैजान पहल गरेपनि त्यसको व्यवस्था हुन नसकेको गुनासो गरे ।
‘यहाँ स्वास्थ्यमन्त्री हुनुहुन्छ, घटनाभए नजिकै बुर्तिबाङ प्राथमिक अस्पताल छ, त्यसकाे स्तरोन्नती नहुँदा विरामीहरुलाई अयन्त्र लगेर उपचार गर्नुपर्ने बाध्यता भयो’ उनले भने ।