सर्लाही । सर्लाहीमा प्रहरीले डाका पक्रिन गोली चलाएको छ । गएराति साढे ९ बजे बरहथवामा गोली चलाएर दुईजना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
राउतसँगै मोटरसाइकलमा सवार अर्का एकजना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।