बागलुङमा बस दुर्घटना अपडेट : मृत्यु हुनेमा चार महिला र चार पुरुष, शव रूकुम पठाइयाे

काठमाडौं । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीमगरका अनुसार मृत्यु हुनेमा चार जना महिला र चार जना पुरुष रहेका छन् । २४ जना घाइते भएका छन् । जसअनुसार ९ महिला र १५ पुरुष रहेको छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले न्यूज खरीलाई जानकारी दिए । ‘घाइतेहरुको उद्धार गरी उपचारका लागि बुर्तिबाङ पठाएका छौं,’ उनले न्यूज खरीसँग भने, ‘मृतकको मध्ये ७ जनाको शव रुकुम पश्चिम पठाइसकिएको छ ।’

रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित