काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका ६ सिपमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार २२ जनाको उद्दार गरि सकिएको छ । उद्धार भएका मध्ये १५ जनालाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
‘बुर्तिबाङ ल्याइएका घाइतेहरुको उपचारमा समस्या देखिएको छ । रातिको समय भयो उद्दार गर्न नै कठिन छ, धेरैको अवस्था गम्भीर रहेको छ, स्थानीय’ अनप्रसाद विकले न्यूज खरीसँग भने, ‘बुर्तिबाङमा प्राप्त अक्सिजन र उपकरण नहुँदा उपचारमा समस्या देखिएको छ ।’
उनकाअनुसार अहिले अस्पतालमा ल्याइएका बिरामीहरुलाई सामान्य ‘सलाइन’ पानी दिएर राखिएको छ । साथै घटनास्थलबाट घाइतेहरूको उद्दारमा एम्बुलेन्स र गाडीहरूको अभाव पनि भएको छ ।
सोमबार दिउँसो रुकुम पश्चिमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।
बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ ।