रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।
सोमबार साँझ निसीखोला गाउँपालिका सिपस्थित बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए । ‘बस दुर्घटना भएको खबर प्राप्त भएको छ’, उनले भने, ‘प्रहरी घटनास्थलमा पुगिसकेको छ ।’ थप विवरण अाउन बाँकी छ ।