दीपेश पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । सुन तस्करी र सुप्रिम सहकारीमा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका दीपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीले ८ दिनको म्याद पाएको छ ।​​

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले ८ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी रञ्जित राठोरले जानकारी दिए ।​

पोखराको सूर्य दर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरीले पुनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरेको थियो । रम्तेल र अर्याललाई पनि अनुसन्धानको लागि प्रहरीले रुपन्देही झिकाउने भएको छ ।

बुटवलको राजमार्ग चौराहास्थित सुप्रिम सहकारीको एक अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डे यस अघि नै पक्राउ परिसकेका छन् ।

सहकारीका ५ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानलाई अघि बढाएको एसपी राठोरले जानकारी दिए ।​​ गितेन्द्रबाबु (जीबी) राईले बुटवलमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले यसअघि नै निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा सहकारी सञ्चालकले १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ अपचलन गरेको उजुरी परेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित