काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान सात बजेर ५५ मिनेट जाँदा सांसद शर्माको निधन भएको हो ।
जसपा संसदीय दलको उपनेता नवलकिशोर साहका अनुसार उनको हृदयाघातको कारण निधन भएको हो । सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन्। २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्य थिइन्।