आगलागीमा परी तीन बालबालिकाको मृत्यु

काठमाडौं । भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५ वर्षीय बालक प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।

यसैबिच भोजपुरको टक्सार बजारमा दिउँसोदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । जसमा ७ वटा घर र १० वटा गोठ जलेर नष्ट भएको पाठकले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित