काठमाडौं उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

यता, ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित